• ६ पुस २०८१, शनिबार

उपसभामुख पदमा कांग्रेस नेत्री भुसालद्वारा उम्मेदवारी दर्ता

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ३० गते । नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम)ले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको उपसभामुख निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार मनोनयन दर्ताको कार्यसूची रहेको छ । सोही कार्यसूची अनुसार सत्ता गठबन्धनको तर्फबाट भुसालले आज मनोनयन दर्ता गराउनुभएको हो ।


भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ ।

बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

मनोनयन पश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने छ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिनुभएपछि करिब तीन वर्षदेखि उक्त पद रिक्त रहेको छ ।