काठमाडौँ, माघ ५ गते । काठमाडौँको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाएको छ ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाइएको हो ।
ड्रागन वर्षको बिदाइ गरी आजदेखि घोडा वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधि अनुसार यो पर्व मनाउने गरिन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शुसिला कार्कीले उत्घाटन गर्नु भएको छ।















केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।