• ३० पुस २०८२, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

blog

फाइल तस्बिर

ललितपुर, पुस ३० गते । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति छ । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा जारी विशेष महाधिवेशन रोक्न छलफल जारी राखेको संस्थापन पक्षले लामो मिहिनेतपछि केन्द्रीय समिति बैठक राखेको हो । बैठकमा विशेष महाधिवेशनमा सहभागी सदस्य भने उपस्थित भएका छैनन् ।