शेरबहादुर सार्की
बाजुरा, पुस २९ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-२ रूम्दी आविका विद्यार्थीलाई चिसोमा न्यानो कपडा वितरण गरिएको छ । हिमाली क्षेत्रमा रहेको आसपासमा रहेको यो विद्यालयका विद्यार्थीलाई पढ्ने समयमा चिसोबाट जोगिन समाजसेवी गङ्गा राईले उनीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
बर्खाको समय खासै चिसो हुँदैन । हिउँदको समयमा हामीलाई विद्यालयमा जाँदा निकै चिसो हुने गरेको हिमाली गाउँपालिका-२ को रुम्दी आविका छात्रा प्रमिला रोकायाले बताउनु भयो । उहाँले भन्नु भयो, “हाम्रो यो समस्यालाई मध्यनज गर्दै यतिबेला समाजसेवी राईले न्यानो कपडा वितरण गरेकोमा हामीलाई निकै खुसी लागेको छ ।”
जसरी उहाँले चिसोमा न्यानो कपडा वितरण गरेर हामीलाई सहयोग गर्नु भयो । त्यसैगरी हाम्रो गरिबी अवस्था देखेर यहाँका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरिदिन पाए थपमा हामी निकै सहज हुने रोकायाको भनाइ छ ।
प्रमेश्वरको अनुसरण मण्डलीको समन्वयमा समाजसेवी गङ्गा राईको आर्थिक सहयोगमा रुम्दी आविका बालबालिकालाई चिसोको समयमा न्यानो कपडा वितरण गरेको हिमाली गाउँपालिका –२ का वडाध्यक्ष रणबहादुर बुढाले बताउनु भयो ।