नेत्र शाही
जुम्ला, पुस २९ गते । जुम्ला निवासी जुनु हमाल ढकाललाई सरकारले डोल्पाको प्रमुख जिल्ला अधिकारी पदमा खटानुभएको छ । गृह मन्त्रालयमा कार्यरत हमाललाई डोल्पामा पदस्थापना गरी खटाइएको हो ।
जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ४ मा जन्मनु भएका हमाल साविक कर्णाली निवासी प्रमुख जिल्ला अधिकारी हुने पहिलो महिला हुनुहुन्छ । यस अगाडि नेपाल सरकार उद्योग मन्त्रालयमा काम गरिरहनुभएका उहाँ गृहमन्त्रालयमा सरुवा पश्चात डोल्पाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।
नवनियुक्त डोल्पाका प्रमुख जिल्ला अधिकारी हमालले २०६९ सालमा प्रशासन तिरको शाखा अधिकृत पदमा नाम निकाल्न सफल हुनु भएको थियो भने २०८१ साउनमा उपसचिव पदमा नाम निकाल्न सफल हुनुभएको थियो । उहाँले लगातार तीन पटक लिखित परीक्षमा सहसचिव नाम समेत निकालेर अन्तर्वार्तामा भने नाम निकाल्न सक्नु भएनन् ।
डोल्पाका प्रजिअ जुनु हमालसँगै जुम्ला निवासी प्रमुख जिल्ला अधिकारी हुने व्यक्ति आठ जना पुगेका छन् । सहसचिव जयनारायाण आचार्य, सहसचिव तथा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, सहसचिव भुपेन्द्र थापा, उपसचिव उमाकान्त हमाल, प्रेम देवकोटा, रोमबहादुर महत, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री यस अगाडि प्रमुख जिल्ला अधिकारी भइसक्नु भएको छ ।
जुम्ला निवासी नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा चितवन जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले साविक कर्णालीबाट महिला प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल पहिलो हुनुभएकोमा बधाइ दिनुभयो ।