• १३ साउन २०८१, आइतबार

जंगली च्याउ खादा एउटै घरका पाँच बिरामी

blog

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्ले । तस्बिर : गोरखापत्र

राजु लामिछाने 

रुकुम पश्चिम, असार २९ गते । रुकुम पश्चिममा जंगली च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको पाँच जना परिवार बिरामी भएका हुन् । 

घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । बिरामी हुनेहरुमा ३६ बर्षीय आशिराम खत्री सहित उहाँको श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री रहेको प्रहरी नायव उपरिक्षक बिष्णुकुमार सोतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिरामी पाँचै जनालाई बुधबार बिहान जिल्ला अस्पताल सल्लेमा उपचारको लागि ल्याईएको प्रहरीले जनाएको छ । घाईते मध्य घरमूली आशिराम र छोरी धनमाया बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । अन्य तीन जना भने बोल्न सक्ने अवस्थामा रहेका छन् । बर्षायाममा जंगली बिषालु च्याउ खाएर विभिन्न स्थानमा मान्छेहरु बिरामी परेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले यसतर्फ सचेत रहन आग्रह समेत गरेको छ ।