शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, असार २७ गते । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक–पटक सांसदहरुले आपत्ति जनाउनुभएको थियो ।
सोमबारको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक विषयमा राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                