• १८ मङ्सिर २०८२, बिहिबार

बालविवाह न्यूनीकरणका लागि स्थानीय स्तरमै नीति बनाउनुपर्ने

blog

कार्यक्रममा सहभागी धर्मगुरूहरू । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), मङ्सिर १८ गते । प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित ३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम अन्तर्गत राजविराज १ चनौरा पडरियामा धर्म गुरूहरूसँग बालविवाह न्यूनीकरणका लागि कानुन र पोलिसीको विषयमा बिहिवार आन्तर्क्रियाको आयोजना गरिएको छ ।

बालविवाह विरूद्ध प्रदेश स्तरीय स्तरीय सञ्जालको सहयोग, परिकल्पना नेपाल सप्तरी तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उपस्थित धर्मगुरूहरूले बालविवाह न्यूनीकरणका लागि स्थानीय तहमा छुट्टै नीति ल्याउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा उपस्थित मौलाना मो. अल्ला उद्दिनले विवाह गर्नु अघि विवाहका लागि वडासँग सिफारिस लिएर मात्र विवाह गर्ने नीति स्थानीय तहले बनाएर व्यवहारमा लागू गर्न सके बालविवाह न्यूनीकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो, खासगरी कतिपय वडा अध्यक्षले उमेरै नपुगि नागरिकता बनाइदै आएकोले बालविवाह न्यूनीकरण गर्न थप समस्या हुँदै आएको छ ।

कानुन एकातिर, व्यवहार अर्कोतिर रहेको पण्डित मुक्तिनाथ झाले बताउनुभयो । उहाँले, प्रत्येक व्यक्ति नैतिकवान भएमा बालविवाह आफै न्यूनीकरण हुने निश्चित छ । यसको न्युनीकरणका लागि सबैले सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो । कानूनको सबैले पालना गर्नुपर्ने उहाँँले बताउनुभयो ।

कार्यक्रममा राजदेवी मन्दिरका पुजारी भोला नाथ चौधरीले बिवाह गर्दा सकेसम्म उमेरलाई ध्यानमा राखेर विवाह गराउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, बालविवाह बिशेष गरि दलित तथा सिमान्तकृत समुदायमा बढी हुँदै आएकोले यस्ता समुदायले बसोबास गर्दै आएको बस्तीमा बिशेष ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

परिकल्पना नेपालको उपाध्यक्ष सुनिता परियारको अध्यक्षतामा आयोजित कार्यक्रम नरेश चौधरीले सहजिकरण गर्नुभएको थियोे । कार्यक्रममा २५ जना पण्डित मौलानको सहभागी रहेको थियोे ।संस्थाको सदस्य सवाना प्रविणकोले स्वागत गरिएको कार्यक्रमको संचालन संस्थाका कार्यक्रम संयोजक रिमा चौधरीले गर्नुभएको थियोे ।