• १ जेठ २०८१, मङ्गलबार

एक्स–गोर्खा कास्कीलाई महिला फुटसल उपाधि

blog

उपाधि विजेता एक्स–गोर्खा टिम । तस्बिर : गोरखापत्र

बेलिना थापा

लमजुङ, असार २० गते । लमजुङको बेसीसहरमा पहिलोपटक आयोजित प्रथम महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टिम मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हरायो । विजयी एक्स–गोर्खा कास्कीले उपाधिसहित ३० हजार रुपियाँ पुरस्कार पायो । 

उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार रुपियाँ प्राप्त गरेको छ । ‘हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको महिला फुटसल प्रतियोगितामा लमजुङको बाघेता क्लवलाई जितेर एक्स–गोर्खा फाइनलमा प्रवेश गरेको थियो । फुटसल एरिना काठमाडौंलाई जितेर मिनाङ लाङ्घाली फाइलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स–गोर्खाका झरना राई, सर्वाधिक गोलकर्ता ६ गोल गर्न सफल मिनाङ लाङ्घालीका सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताका मनिषा थापामगर घोषित हुनुभयो । उत्कृष्टले जनही एक हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, आयोजक लमजुङ फुटसलका संचालक केशबहादुर रानालगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा लमजुङका अलावा काठमाडौं, कास्की र तनहुँका गरी आठ टिमको सहभागिता रहेको थियो ।