• १४ कात्तिक २०८२, शुक्रबार

मलेसियामा भ्रष्टाचारविरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

blog

कोलालम्पुर (मलेसिया), कात्तिक १४  गते । गत महिनामा मलेसियामा भ्रष्टाचारविरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजारभन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले  जनाएको छ ।

बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रिफिङमा  सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । उहाँका अनुसार अन्य अपरेसनको क्रममा भ्रष्टाचारमा संलग्न ७९० जना पक्राउ परेका थिए ।

अनलाइन माध्यमबाट पैसा प्राप्त गर्न नक्कली खाताहरूको प्रयोग गर्ने व्यावसायिक अपराधहरू विरुद्ध लड्ने उद्देश्यले “राष्ट्रिय स्क्याम रेस्पोन्स सेन्टर” को संयोजनमा अपरेसनहरू सुरु गरिएको रुस्दीले बताउनुभएको छ । 

देशभर सञ्चालन भएको “इ–कमर्स” घोटालाको कल सेन्टर सञ्चालनमा प्रत्यक्ष संलग्न भएको आशङ्कामा अन्य ३० जनालाई पक्राउ गरिएको उहाँले बताउनुभएको छ ।   यस समूहको क्रियाकलापले जनवरी र मईको बिचमा १२.८ मिलियन अमेरिकी डलर नोक्सान पुर्‍याएको जनाइएको छ ।

त्यस्ता क्रियाकलापहरु पछिल्लो समयमा थप परिष्कृत हुँदै सीमापारसम्म पनि सञ्चालित भइरहेको उहाँले चेतावनी दिनुभएको छ । जनतालाई अन्य पक्षहरूलाई ब्याङ्क खाता र ब्याङ्क कार्डहरू नदिन सुझाउँदै उहाँले त्यस्ता सामग्रीहरु आपराधिक पक्षले  गैरकानुनी गतिविधि र मनी लान्ड्रिङका लागि दुरुपयोग गर्न सक्ने बताउनुभएको छ । रासस/सिन्ह्वा