शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                मुग्लिन (चितवन), कात्तिक १४ गते । पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवागमन अवरुद्ध भएको थियो ।
सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                