• १४ वैशाख २०८१, शुक्रबार

लोसपाको पार्टी विधान संशोधनसहित पारित

blog

फाइल तस्बिर

काठमाडौं, असार १९ गते।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिले पार्टी विधान २०७८ संशोधनसहित पारित गरेको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा शनिबार र आइतबार दुई दिन बसेको बैठकले सो निर्णय गरेको हो ।

अध्यक्ष ठाकुरले आइतबार बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुहुँदै सरकारले जेठ २३ गते जारी गरेको नियमावली राजपत्रमा प्रकाशित भू–उपयोग नीतिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ।

अव्यवहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको सो नियमावलीले संस्कृतिमाथि समेत प्रहार गरेको निष्कर्श निकाल्दै तत्काल खारेज गर्नुपर्ने लोसपाले माग गरेको छ ।

बैठकले यी लगायत अनावृष्टि र हालको अतिवृष्टिले देशको मुख्य धानखेतीमा व्यापक क्षति पु¥याएको, गाउँ–गाउँमा पसेको बाढी र जल जमावले जनधनको नोक्सानी एवम् जनजीवन अस्तव्यस्त पारेको सन्दर्भमा सरकार मौन देखिएकाले असार २७ गते प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।