• ७ कात्तिक २०८२, शुक्रबार

बारीमा फुलेको तोरीले वातावरण मनमोहक

blog

किसानको खेतबारीमा फुलेको तोरी । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ७ गते। गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ। यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्त सुन्दर दृश्य देखिएको छ। 

फुलेर पहेँलै भएको तोरी पाकेपछि विभिन्न स्थानका किसानले घरमा भित्र्याएसँगै तोरी पेल्ने गर्छन्। यहाँका किसानले तोरीबाट निकालेको तेल घरमै प्रयोग गर्नुका साथै बिक्री समेत गर्दै आएका छन्। 

अहिले खेतबारीमा तोरी फुलेपछि यहाँको वातावरण निकै सुन्दर, आकर्षक, मनमोहक र रमाइलो देखिएको छ। यहाँका अधिकांश कृषकले तोरी खेती गर्दैआएका छन् । तोरी फुलेर मनमोहक भएपछि कृषक पनि खुसी देखिएका छन् ।