• १० मंसिर २०८२, बुधबार

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार रावल नियुक्त

blog

प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजकमा नियुक्त हुनुभएका पत्रकार राम रावल ।

काठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त हुनुभएको छ । नेपाल खबर डटकमका सम्पादक रावलले राजीनामा दिई प्रधानमन्त्रीको संयोजक नियुक्त हुनुभएको हो ।  

दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नुभएका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भई काम गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा झन्डै दुई दशक काम गर्नुभएका रावल २०४० सालमा बाजुराको मार्तडीमा जन्मनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रावलले कानुनमा समेत स्नातक गर्नुभएको छ ।