• २८ असोज २०८२, मङ्गलबार

बेवारिसे शव फेला

blog

अनिल पराजुली
हेटौँडा, असोज २८ गते ।
हेटौँडाको राप्ती खोलाको बगरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भुद्रुङ तर्फ जाने नयाँ पुल मुनी राप्ती खोलाको बगरमा सोमबार दिउँसो पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

हाल नाम थर वतन नखुलेको अन्दाजी ३० वर्षीय मागी खाई हिँड्ने जस्तो देखिने पुरुष व्यक्ति उत्तानो मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

शवको मुचुल्का पश्चात् पोष्टमाटमका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।