रवीन्द्र उप्रेती
बर्दिबास, असोज २८ गते । मधेश प्रदेशमा हालैको बाढी र डुबानबाट प्रभावित पाँच जिल्लाका एक हजारभन्दा बढी परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ ।
वितरण गरिएका राहत सामग्रीमा प्रति परिवार अस्थायी आवासका लागि सेल्टर किट, खाना पकाउने भाँडाकुडा सेट, स्वच्छता सामग्री (हाइजिन किट), झुल, गर्भवती र सुत्केरी महिलाका लागि मर्यादा किट (डिग्निटी किट) तथा लाइफ ज्याकेटसहितका सामान समावेश छन् ।
यी राहत सामग्री महोत्तरीसमेत बारा, सर्लाही, रौतहट र सप्तरी जिल्लाका १३ वटा पालिकामा रहेका एक हजार दुई सयभन्दा बढी परिवारलाई वितरण गरिएको सेभ द चिल्ड्रेनका सञ्चार संयोजक झम्केश्वर ओझाले बताउनुभयो ।
स्थानीय तथा प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय समुदायसँगको सहकार्यमा राहत वितरण गरिएको हो ।
सेभ द चिल्ड्रेनले आपतकालीन अवस्थामा सरकार र समुदायसँग सहकार्य गर्दै तत्काल राहत र पुनःस्थापनामा सहयोग जुटाउने नीतिअन्तर्गत पीडित परिवारको घरदैलोमै पुगेर राहत वितरण गरेको ओझाले बताउनुभयो ।
सेभ द चिल्ड्रेन बर्दिबास फिल्ड कार्यालयका प्रमुख धन भुसालले विपदबाट प्रभावित बालबालिका, विपन्न, सीमान्तकृत तथा पिछडिएको समुदाय र परिवारलाई लक्षित गरी राहत प्रदान गरिएको जानकारी दिनुभयो ।
बाढीको प्रकोपबाट निराश र बेसहारा बनेका पीडित परिवारले सङ्कटको घडीमा प्राप्त राहत सहयोगले आफूहरुमा आशा र भरोसा जगाएको बताउनुभयो ।