यदुप्रसाद भट्ट
मनाङ, असोज २७ गते । आन्तरिक पर्यटनलाई बढावा दिँदै कलाकार मनोज गजुरेलले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको पदयात्रा पूरा गर्नुभएको छ ।
उहाँले आफ्नो पदयात्रामा साइकल प्रयोग गर्नुभएको हो । आफूसहित पाँच जनाको टोलीले तिलिचो पुगेको उल्लेख गर्दै उहाँले राजनीति, समाज र देश अन्योलको आँधीमा फसेको बेला शान्त र निर्मल तिलिचो ताल पुगेको बताउनुभयो ।
उहाँले विशाल र अटल अन्नपूर्ण हिमालले मोहित बनाएको उल्लेख गर्नुभयो । तिलिचोमा आकर्षण नघटेको, पर्यटकको लर्को लागेको, देश राजनीतिक हिमआँधीमा फसेको बेला हिमालपारिका नेपाली आशावादी रहेको बताउनुभएको छ ।
उहाँले सुन्दर, शान्त, विशाल तिलिचोजस्तै एक दिन अवश्य राजनीतिक आँधी थामिने, टाढिएका मनहरू एउटै धड्कनमा धड्किने, बाँडिएको समाज एउटै लयमा गुन्जने र भाँडिएको देश एउटै झण्डामुनि उभिने विश्वास व्यक्त गर्नुभयो ।
‘‘रियल रेलमा जाने मान्छे कहाँ साइकलमा जानुहुन्छ र ? बरु रेलको लिक भने टुटेको निकै भाथ्यो, जोरजाम मर्मत सम्भार भयो की भएन कुन्नि ?’’ भन्दै मनाङको गजुरमा गजुरियल साधुवाद व्यक्त गर्नुभयो ।