• २८ वैशाख २०८१, शुक्रबार

नेपाल आज ओन्टारियोसँग खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । क्यानडासँग जुलाई ४ र ५ तारिख  एकदिवसीय सिरिज खेल्नुअघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । ओन्टारियाको कप्तानी  पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐर ले गर्नुहुनेछ । 

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । 

लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

लिग–२ नेपाली टोली 

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।