काठमाडौँ, असोज १२ गते। नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्।
सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ।
सन् २०२४ मा हंगेरीमा भएको चेस ओलम्पियाडमा चेस खेलमा सराकार नै नभएका व्यक्तिलाई सहभागी गराउने प्रयास गराउँदा सहभागिताको अवसर नै गुमेको लगायत आरोप छ।
केही दिन अघि राष्ट्रिय च्याम्पियन रुपेस जैसवाल लगायत चार खेलाडीले पत्रकार सम्मेलनको आयोजना गर्दै महासङ्घ नेतृत्वमा आवाज उठाएका थिए। त्यसपछि देशभरका खेलाडीको तर्फबाट राखेपका कारबाहीको मागसहित निवेदन दर्ता भएको थियो।