समाज कुन गति र दिशामा हिँडिरहेको छ भन्ने जानकारी सबैलाई हुँदैन । दिनरात सामान्य गुजारा गरी जीविका चलाउने मानिसका लागि समाजबारे खासै चासो र चिन्ता हुँदैन । विशेष काम र जिम्मेवारी बोकेका र त्योभन्दा पनि मुख्य नेतृत्वमा बसेका मानिसले नजरअन्दाज गरिदियो भने समाज, देश र सम्पूर्ण विश्व नै दुर्घटनाको सिकार हुने रहेछ ।
नेपालमा भएको पछिल्लो राजनीतिक क्रान्ति र त्यसपछिका खेलबारे धेरै अड्कलबाजी भए । विद्वान्हरूले त्यसलाई निकै मसिनो गरी केलाउने प्रयत्न पनि गरे । त्यसमा सबैको एउटै मत रह्यो, सामाजिक चेतनाको गति रोक्ने प्रयास ठिक थिएन । भ्रष्टाचार, कुशासन र कमजोर नेतृत्व पुरानो मुद्दा होइन । ती सबै पृष्ठभूमिमा थिए तर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध छिपछिपे आगोमा डरलादो घिउ बन्न पुग्यो । जनताको आव्रmोश एकै पटक सतहमा आयो । फलतः सयौँ, निर्दोष तामाका मुनाले मृत्युवरण गर्नु प¥यो ।
यो घटनाले इतिहासमा कालो दाग लगायो । यो घटनाको अगाडि र पछाडि ‘डिस्कर्ड’ (डिस्कर्ड भनेको सामाजिक सञ्जालको एउटा एप, जसले धेरैलाई समेट्न सक्छ) ले ठुलो भूमिका खेल्यो जसले आन्दोलनमा सहभागीलाई एकै पटक ठुलो सङ्ख्यामा सडकमा उतार्नेदेखि सरकार गठनसम्मको भूमिकामा आफूलाई स्थापित ग¥यो ।
यहाँ प्रश्न उठ्छ, ‘डिस्कर्ड’ प्रयोग केका लागि भन्दा आन्दोलनमा होमिन । आन्दोलन केका लागि भन्दा भ्रष्टाचार, कुशासन र असफल नेतृत्वको विरुद्धमा । अब यी तीन मूल उद्देश्य जसमा ‘जेनजी केन्द्रित थिए, त्यसलाई हराएपछि वा त्यसबाट पार पाएपछि अगाडि बढ्नुपर्ने गन्तव्य के हो त भन्नेमा नयाँ पुस्ता स्पष्ट हुनु जरुरी छ । त्यो भनेको असली आर्थिक विकास हो । कृषिप्रधान देश भन्ने तर कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २५ प्रतिशत पु-याउन हम्मेहम्मे पर्नु । शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको अनि संसारको सबैभन्दा अग्ला चुचुरो सगरमाथा भएको देशमा वर्षको करिब १० लाख पर्यटक भित्रिँदैन । पर्यटकका लागि सबैभन्दा उपयुक्त समय सेप्टेम्बर, अक्टोबर जस्ता महिनामा महिनाको एक लाख पर्यटक भिœयाउन हामीले आजसम्म सकेका छैनौँ । ऊर्जाका जति जोडेतोडले प्रयास भए पनि पाँच हजार मेगावाटबाट माथि पुग्न सकेनौँ । त्यति उत्पादन भए पनि बजारमा अहिले नै हाहाकार भइसक्यो, उद्योग कलकारखाना शून्य छन् । त्यसकारण अब यी मुद्दामा बहस गर्न ‘डिस्र्कड’ प्रयोग हुने हो कि होइन । नयाँ पुस्ताका भाइबहिनीका लागि यो अहम् प्रश्न हो । दुई तीन दिनको गठजोडले भ्रष्टाचारीको सातो उड्यो । यो शक्तिले विकासका लागि पनि यसै गरी चमत्कारी देखाइदियो भने फेरि यस्तो निर्दोष आमाका काख रित्तो पार्ने खालका क्रान्ति भविष्यमा कहिल्यै गर्नुपर्ने थिएन ।
आज परिवार, समाज र सिङ्गो राष्ट्र रोएको छ । भविष्य खोज्ने कलिला मनहरू सयौँको सङ्ख्यामा घाइते भए । जनताले खाइनखाई तिरेको करबाट निर्मित राष्ट्रका धरोहर खरानी भए । व्रmान्ति उद्देश्यपरक थियो तर परिस्थिति यातनामय बन्यो । यसलाई समय र कालव्रmमसँगै सामान्य मान्यौँ भने ती देशका लागि रगत बगाउने स्वस्फूर्त सहिदको आँसुले पिरोल्ने छ । यो सत्ताको बागडोर आफ्नो हातमा लिनेहरूले सोच्नुपर्ने विषय हो । यथार्थमा स्पष्ट र निःस्वार्थी योजना बनाउँदा आदर्शवादी नेता बिपी कोइरालाले भने झैँ शिरदेखि पाउसम्म फाटेको लुगा लगाएर हलो जोतिरहेको किसानलाई आँखामा राखेर अघि बढिओस् ।
२०४६ सालमा दलमाथिको प्रतिबन्ध फुकुवा भयौँ भनौँ या प्रजातन्त्र पुनस्र्थापना, त्यसपछि कसैले पनि बिपीको आदर्श पच्छ्याएन । सन् १९९० मा विश्वमा देखिएको राजनीतिक तथा आर्थिक परिवर्तनको मूल प्रवाहमा नेपालले पनि आफूलाई समाहित ग-यो । त्यो नेपालको, हावापानी, इतिहास, संस्कार र संस्कृतिसँग मेल खाने थिएन । २०४८ सालमा बनेको सरकार र त्यसपछिका योजनाकारले गाउँ गाउँमा गएर विद्यालय बनाए, सडक बनाए तर त्यहाँ पढ्ने विद्यार्थी भएनन् सडकमा हिँड्ने युवा सबै बिदेसिए । राज्यलाई बिजनेस थपियो तर व्यावहारिकतामा विकास सबै उल्टो भएर निस्क्यो । लिङ्ग, जाति र पिछडिएकाको मुद्दामा बहस गरियो, शिक्षक कोटा थापियो । राजनीतिक दलको लुछाचुँडी, सङ्घसङ्गठन तातोतातो बहस गर्न थाले तर तिनले उत्पादन गरेका शैक्षिक जनशक्तिको आकार उल्टै साँघुरिँदै गयो । विकासको अर्थ लागेन । अन्धधुन्द भएका लगानी र टुव्रmे योजना, जसले जनतालाई तत्काल देखाउने गरी भएको विकासले लगानी अर्थहीन बने । अब नयाँ पुस्ताले त्यसबाट पाठ सिकेर विकासको नयाँ बहस चलाउनु पर्छ ।
विकास र लगानीलाई समय सापेक्षित रूपमा केसँग जोड्ने भन्ने विषयमा हामी चनाखो हुनै पर्छ । भारतमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले आफू अर्थमन्त्री हुँदा विकासलाई सूचना प्रविधिसँग राम्रोसँग जोडे । भारतलाई एकै पटक सूचना प्रविधिको युगमा लगेर अर्थतन्त्रको राम्रो आधार बनाए । त्यही मनमोहन ‘डक्ट्रिन’ ले आज भारत संसारको चौथो अर्थतन्त्र भएको छ । हामीले प्रयोग गरेको र गर्न खोजेका प्रविधिलाई केवल सरकारका लागि प्रत्यक्ष रूपमा कर सङ्कलन गर्ने माध्यम मात्रै नबनाएर दिगो र सामूहिक विकाससँग जोड्ने हो भने हाम्रा लागि प्रविधि वरदान साबित हुन सक्छ ।
अबको विकास योजना अघि बढाउँदा आयोगले दिने गरेको निर्देशनात्मक आदेश एजेन्डा हुनु हुँदैन । त्यहाँ केवल छलफल मात्र हुने हो । विकासको आयाम र सापेक्षता माटोबाटै खोज्नु पर्छ । त्यसका लागि ‘डिस्कर्ड’ अति उपयोगी हुनेमा दुई मत छैन । यसर्थ अब कोरा अर्थशास्त्रीले रचेको फेहरिस्तभन्दा पनि सामाजिक अर्थशास्त्रीले दिएको विकासको भाषा हाम्रा लागि उपयुक्त हुन्छ । जहाँ सबै उमेर, जाति, जाति, भाषा, संस्कृति, उमेर र समुदायको मानिस अटाउँछन् । त्योभन्दा पनि तिनले पाँच हजार वर्षअगाडिका वैदिक सोचले भन्दा पनि डिस्कर्ड जस्ता एपले अबका भाइबहिनीलाई एउटै मञ्चमा ल्याउन सक्छ । विकासको एजेन्डामा पनि यसलाई प्रयोग गर्न सके देशलाई फाइदै हुने छ ।