काठमाडौँ, असोज १२ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६६ पैसा र बिक्रीदर १४२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ २६ पैसा र बिक्रीदर १६५ रुपियाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपियाँ ०९ पैसा र बिक्रीदर १८९ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ०८ पैसा र बिक्रीदर १७७ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४३ पैसा र बिक्रीदर ९२ रुपियाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५१ पैसा र बिक्रीदर १०१ रुपियाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ४८ पैसा र बिक्रीदर १०९ रुपियाँ ९५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३७ रुपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८७ पैसा र बिक्रीदर ३९ रुपियाँ ०३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३९ पैसा र बिक्रीदर चार रुपियाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५७ पैसा र बिक्रीदर ३८ रुपियाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५६ पैसा र बिक्रीदर ३३ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०४ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १४ पैसा र बिक्रीदर २२ रुपियाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६३ रुपियाँ २७ पैसा र बिक्रीदर ४६५ रुपियाँ २४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपियाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३६९ रुपियाँ ४९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस