• १६ चैत २०८०, शुक्रबार

भारतमा चौध हजार पाँचसयभन्दा बढी कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, असार १५ गते । मङ्गलबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् ।  हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ३३ हजार ४५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मङ्गलबार मध्यरातिसम्म अर्थात् गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३० जनाको मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ७७  जनाको मृयु भएको छ ।

हाल भारतमा ९९ हजार ६०२ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमित करिब एक लाखनजिक पुगेको गत ६ महिनायता पहिलो पटक भएको जनाइएको छ ।

पछिल्लो एक दिनमा एघार हजार ५४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोडभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।