काठमाडौँ, असोज ९ गते । म्यानचेस्टर सिटी, आर्सनल र टोट्टनहाम इएफएल (काराबाओ) कपको चौथो चरणमा पुगेको छ ।
बुधबार राति भएको खेलमा सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई २–१ गोलले हरायो । सिटीको जितमा फिल फोडेनले १८औँ र साभिन्होले ७४औँ मिनेटमा गोल गर्नुभयो ।
अन्य खेलमा आर्सनलले पोर्ट भेल एसीलाई २–०, टोट्टनहामले डनकास्टर रोभर्सलाई ३–० र न्युक्यासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई ४–१ गोलले हराएको छ । एजेन्सी