काठमाडौं, असोज ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गर्नुभयो ।
बिहिवार अपरान्ह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा मन्त्री जगदीश खरेल र राजदुत थम्पसनबीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी हितका सम्बन्धमा छलफल भयो ।
भेटमा मन्त्री खरेलले जेन जी आन्दोलनको जनादेश बमोजिम आगामी २०८१ फागुन २१ मा हुने चुनाव एवम् भष्ट्राचार नियन्त्रण तथा सुशासन सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।
राजदूत थम्पसनले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
उहाँले संयुक्त राज्य अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको जानकारी दिनुभएको सञ्चार मन्त्रालयले जनाएको छ ।
नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७७ औँ वर्षमा प्रवेश गरेको छ ।
मन्त्री खरेलले असोज ६ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको हो ।