• ९ असोज २०८२, बिहिबार

‘रातिसम्ममा तुइन खोलाको पहिरो हटाएर आवागमन सहज हुन्छ’

blog

फाइल तस्बिर

काठमाडौँ, असोज ९ गते। भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले बिहीबार रातिसम्म मुग्लीन नारायणगढ सडकखण्डको तुइन खोला नजिक झरेको पहिलो हटाएर आवागमन सहज बन्ने बताएको छ। 

पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएकाले अपरेटरलाई पहिरो पन्छाउन समस्या भएको मन्त्रालयले जनाएको छ। अहिले हेभी इक्युपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुई जना अपरेटर थप गरेर सडक खुलाउने काम भइरहेको मन्त्रालयले सूचनामार्फत् जानकारी गराएको छ। 

सूचनामा भनिएको छ, ‘पहिरोको थुप्रोमा ढुंगाको मात्रा बढी भएको र ससाना तिखा ढुंगाका कारण टायर पञ्चर हुने,  ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेपछि हेभी इक्प्यसपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट अपरेटर पनि थप गरिएको छ। कुनै पनि बाधा आइनपरे निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा संभवतः आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको छ।’