• ९ असोज २०८२, बिहिबार

राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष देवराज विश्वकर्मा। तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, असोज ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार दलित आयोगको प्रतिवेदन पेश भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा बिहीबार राष्ट्रपतिसमक्ष  प्रतिवेदन पेश गर्नुभएको हो। 

प्रवक्ता कोइरालाका अनुसार संविधानको धारा २९४ बमोजिम दलित आयोगका अध्यक्ष विश्वकर्माले आर्थिक वर्ष २०८१/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।