• ९ असोज २०८२, बिहिबार

नृत्याङ्गना सुवेदीको निधन

blog

काठमाडौँ, असोज ८ गते । नृत्याङ्गना सीता सुवेदीको ४० वर्षको उमेरमा मङ्गलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको छ । करिब तीन महिनादेखि फोक्सोको क्यान्सरले पीडित उहाँको बिहान ६ बजेर ३७ मिनेट जाँदा निधन भएको उहाँका भाइ नीलकण्ठ सुवेदीले जानकारी दिनुभयो । 

उहाँलाई डेढ महिनादेखि अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । उहाँले एक खुट्टाले नाचेर आफ्नो पहिचान बनाउनुभएको थियो । क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, इन्टरमिडिएट–लेभल कत्थक नृत्यमा उहाँ स्वर्ण पदक विजेता हुनुहुन्थ्यो । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मङ्गलबार नै गरिएको छ ।