• ५ असोज २०८२, आइतबार

ला लिगामा रियलको लगातार पाँचौँ जित

blog

गोल गरेपछि रियलका केलियन एमबाप्पे । तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ, असोज ५ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार पाँचौँ जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले हरायो । रियलको जितमा इडेर मिलिटाओले २२औँ र केलियन एमबाप्पेले ४७औँ मिनेटमा गोल गर्नुभयो ।

लगातार पाँचौँ जितसँगै शीर्ष स्थानमा रहेको रियलले १५ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान पाँच खेलबाट १० अङ्क छ । पराजित इस्पान्योल १० अङ्कसहित चौथो स्थानमा छ । 

ला लिगा अन्तर्गत शनिबार राति नै भएको अन्य खेलमा लिभान्टेले जिरोनालाई ४–०, सेभियाले डिर्पोटिभो अलाभेसलाई २–१, भिल्लारियलले ओसासुनालाई २–१ तथा भ्यालेन्सिायले एथलेटिको बिलबाओलाई २–० गोलले हरायो । एजेन्सी