• ५ असोज २०८२, आइतबार

मुग्लिन–नारायणगढ सडक सञ्चालन

blog

पहिरो पन्छाएपछि एकतर्फी खुलेको सडक । तस्बिरः शालिग्राम नेपाल

शालिग्राम नेपाल

चितवन, असोज ५ गते । पहिरोको कारण तीन दिनदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड केहीबेर अघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक पहिरो पन्छाएर ४६ घण्टापछि सञ्चालनमा आएको हो । 

दुवै तर्फबाट डोजरले पहिरो पन्छाएपछि केही बेरबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।