• ५ असोज २०८२, आइतबार

आपराधिक क्रियाकलाप भएको पाइएमा फोन गर्न सशस्त्रको अनुरोध

blog

काठमाडौँ, असोज ५ गते । सशस्त्र प्रहरी बल, नेपालले समाजमा कुनै आपराधिक क्रियाकलाप भएको पाइएमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

सशस्त्र प्रहरी बलले आइतबार एक विज्ञप्ति जारी गर्दै जटिल सुरक्षा स्थिति रहेको तथा चाडपर्वको अनुचित फाइदा लिँदै आपराधिक गतिविधिमा सङ्लग्न व्यक्ति तथा समूहले खुला सीमा इलाकाबाट चोरी तस्करी लगायत सीमा अपराध गराउन सक्ने भन्दै सबैको ध्यानाकर्षण गराएको छ । 

त्यस किसिमको आपराधिक क्रियाकलाप कहीँ कतै भएको पाइएमा वा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरू समेत त्यस्तो अवाञ्छित क्रियाकलापमा सङ्लग्न भएको पाइएमा ९८५१२६१२०० वा टोल फ्रि नम्बर १११४ मा फोन अथवा एसएमएसबाट जानकारी गराउन आम सर्वसाधारणलगायत सम्पुर्णमा अनुरोध गरिएको छ ।