• १ असोज २०८२, बुधबार

मधेश सरकारबाट जनमतका दुई मन्त्रीद्वारा राजीनामा

blog

उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहा । वन तथा वातावरणमन्त्री संजयकुमार यादव ।

लक्ष्मी चौधरी
जनकपुरधाम, असोज १ गते ।
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मधेश प्रदेश सरकारकमा सहभागी जनमतका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री संजयकुमार यादवले राजीनामा यही भदौ २४ गते नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बुझाउनुभएको थियो ।

देशलाई अस्थिर बनाएको वर्तमान राजनीतिक परिस्थितिबिच नयाँ पुस्ताका युवाहरूको आन्दोलन, उनीहरूको माग र भावनालाई आत्मसात् गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सङ्घीयतालाई सुदृढ बनाउन निरन्तर संघर्ष र बलिदानका लागि तत्पर रहने र जनताको सेवामा सधैं प्रतिबद्ध रहने उहाँहरू दुवैजनाले दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि भदौ २४ गते देशैभरी भएको जेनजी आन्दोलनका क्रममा मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिनुभएको थियो । तर, आन्दोलन शान्त हुँदा पनि उहाँले औपचारिक रुपमा राजीनामा दिन नमानेपछि जनमत पार्टीले गत शनिबार मुख्यमन्त्रीसहित सरकारमा सहभाागी आफ्ना मन्त्री फर्ता बोलाइएको थियो ।