काडमाडौँ, असोज १ गते । आज (बुधबार) आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।
कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा पर्व मनाउने गरिन्छ ।
काठमाडौँको भद्रकाली, मैतीदेवी, ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधनको पूजा गर्नेको घुँइचो लागेको छ ।