काठमाडौँ, भदौ ३० गते । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि गोल वर्षा गरेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको एकपक्षीय खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ६–० गोलले हरायो ।
बार्सिलोनाको जितमा फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले दुई दुई गोल गर्नुभयो । पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पाँच गोल थपेको थियो ।
खेलभर बार्सिलोनाको दबाब झेलेको पाहुना टोली भ्यालेन्सियाको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै लिगमा चार खेलबाट १० अङ्क बनाएको बार्सिलोना दोस्रो स्थानमा छ ।
पराजित भ्यालेन्सिया समान खेलबाट चार अङ्क जोड्दै १५औँ स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १२ अङ्क छ । एजेन्सी