• ३० भदौ २०८२, सोमबार

गृहमन्त्री अर्यालद्वारा पदबहाली

blog

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्याल गृह मन्त्रालयमा पद बहाली गर्नुहुँदै । तस्बिर : केशब गुरुङ ।

काठमाडौं, भदौ ३० गते । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो । 

अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।