• ३० भदौ २०८२, सोमबार

लयमा फर्कंदै प्रदेश सरकार

blog

मुख्यमन्त्री यामलाल कँडेल क्षतिग्रस्त संरचना अनुगमन गर्नुहुँदै । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, भदौ ३० गते । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको कर्णाली प्रदेश सरकारको कार्यसम्पादन लयमा फर्किन थालेको छ । 

अन्तरिम सरकार गठन भएर मुलुकको स्थिति सामान्य भएसँगै प्रदेश सरकारले पनि आफ्ना काम अघि बढाउन थालेको हो । आन्दोलनका क्रममा कर्णालीले पनि ठुलो भौतिक क्षति बेहोर्नु प¥यो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश सभालगायत महìवपूर्ण कार्यालयमा भएको आगजनीका कारण कामकाज प्रभावित बनेको छ । 

अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउने मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ । भौतिक संरचनामा ठुलो क्षति पुगेको भन्दै उहाँले आवश्यक संरचना निर्माण गरेर काम सुरु गरिने जानकारी दिनुभयो । भौतिक संरचनाको पुनर्निर्माण सँगसँगै क्षति पु¥याउनेलाई कानुनी कारबाहीको दायरामा ल्याइनेसमेत कँडेलले बताउनुभयो । आन्दोलनमा घुसपैठ भएको र केही व्यक्तिले हिंसात्मक गतिविधि गराएको उहाँको निष्कर्ष छ । अवस्था सामान्य बनेसँगै अब क्षतिग्रस्त भौतिक संरचनाको सुधार गरेर प्रदेश सरकारले आफ्ना काम अघि बढाउँछ । त्यसका लागि सरकार अब ठोस योजना बनाउँदै छ ।

विसं २०७२ र २०८० सालको भूकम्पका कारण भएको क्षतिबाट कर्णाली अझै माथि उठ्न सकेको छैन । जेनजी आन्दोलन र त्यसबाट भएको क्षतिले प्रदेशलाई थप आर्थिक चुनौती थपिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । आन्दोलनको मूल उद्देश्य शान्तिपूर्ण, अनुशासित र कानुनी सङ्घर्ष रहेको भए पनि आन्दोलनको रूप मोडिएका कारण देशले ठुलो क्षति बेहोर्नु परिरहेको उहाँले बताउनुभएको छ । यसैबिच मुख्यमन्त्री कँडेलले आन्दोलनमा क्षति भएका भवनको शनिबार अनुगमन गर्नुभएको छ । वीरेन्द्रनगरका मन्त्रालयदेखि सरकारी भवनमा पुगेर मुख्यमन्त्री कँडेलले अनुगमन गर्नुभएको हो । नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड गरी अर्बौंको क्षति पु¥याएपछि अहिले सेवा नै ठप्प बनेको छ । 

आन्दोलनका क्रममा गरिएको आगजनीबाट सबैभन्दा बढी क्षति कर्णाली प्रदेश सभामा भएको छ । प्रदेश सभापरिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी छैनन् । प्रदेश सभासँगै नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको छ । आन्दोलनकारीले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा पनि पूर्ण रूपमा क्षति पु¥याएका छन् ।