• ३० भदौ २०८२, सोमबार

जेनजी प्रदर्शनका क्रममा लुटपाट गरिएको सामान फिर्ता गर्न आग्रह

blog

नगरपालिकाको प्रशासकीय भवन । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, भदौ ३० गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ । आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै लुटपाटको समान फिर्ता गर्न आग्रह गरेको हो ।

तोकिएको समयमा सामान फिर्ता नगरे सिसिटिभी फुटेजको आधारमा कानुनी कारबाही गरिने जारी सूचनामा उल्लेख गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नगरपालिकाको प्रशासकीय भवन तोडफोड र आगजनी गरिएको थियो । साथै नगरपालिकाको विभिन्न सामानहरू लुटपाट गरि लगेको सिसिटिभी फुटेजमा देखिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका जिल्ला पार्टी कार्यालयहरू समेत तोडफोड गरी क्षति पुर्‍याइएको थियो । यो सँगै पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता) भवन र टि हाउस पनि आगजनी गरी नष्ट गरिएको थियो । माथिल्लो तमोर जलविद्युत् आयोजनामा पनि क्षति पुराएका थिए ।