काठमाडौँ, भदौ २९ गते । अभिनेतृ सरिता गिरीले चलचित्र ‘अभिमन्यु’ अन्य चलचित्रभन्दा फरक भएको बताउनुभएको छ । सामाजिक कथामा बन्दै आएका चलचित्रलाई अवश्य नै अभिमन्युले माथ दिने उहाँले बताउनुभयो । चलचित्रमा आफ्नो भूमिकाबारे उहाँले भन्नुभयोे, “एक फरक र महìवपूर्ण भूमिकामा देख्न सक्नुहुने छ ।” अहिले आइरहेको कथा र त्यसको भन्ने शैलीलाई ब्रेक गर्नेमा उनी ढुक्क छिन् ।
चलचित्रमा सरितासँगै कामेश्वर चौरासिया गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर बाङदेल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुषमा निरौलालगायतको अभिनय रहेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गर्नुभएको छ । मुकेश खनालको लेखन रहेको चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । चलचित्रमा शरद महतोको डिओपी रहेको छ ।