पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, भदौ २९ गते । जेनजी आन्दोलनका क्रममा नवलपरासी पश्चिम कारागारबाट भागेका ५१३ जनामध्ये ५६ जना कैदीबन्दी फर्किएका छन् । जिल्ला कारागार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख बिकल श्रेष्ठका अनुसार, अहिलेसम्म ५१ जना पुरुष र पाँच जना महिला गरी ५६ जना कैदीबन्दी कारागार फर्किएका हुन् ।
जेनजी आन्दोलनका दिन कारागारमा रहेका कुल ५७६ कैदीबन्दीमध्ये ४४० जना पुरुष र ७३ जना महिला भागेका थिए । कारागारमा जम्मा ३२ जना मात्रै बसेका थिए, जसमा १४ जना महिला र १८ जना पुरुष थिए ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले भागेका सबै कैदीबन्दीहरूलाई यथाशीघ्र प्रशासनको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । कारागार प्रमुख श्रेष्ठका अनुसार, फर्किएका बाहेक अन्य कैदीबन्दीहरूले पनि सम्पर्कमा आएर गाडी नचलेको कारण ढिलाइ भएको जानकारी गराएका छन् ।