• २३ भदौ २०८२, सोमबार

राष्ट्रियसभा बैठक स्थगित

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ २३ गते । राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो । 

विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । रासस