काठमाडौँ, भदौ १५ गते । भक्तपुर विकास सहयोग सङ्घले सगरमाथा आरोही, गायक तथा खेलाडीलाई राजधानीमा शनिबार सम्मान गरेको छ । सम्मानित हुनेमा सगरमाथा आरोही कल्पना महर्जन, गायक सत्यनारायण मानन्धर र खेलाडी पलेशा गोवर्धन हुनुहुन्छ ।
सङ्घको ३१ औँ वार्षिक साधारण सभाका अवसरमा सो सम्मान प्रदान गरिएको हो । सो अवसरमा खोपृङ नवदुर्गा सङ्कल्प भोजन– २०८१ मा सहयोग पु¥याउने सहयोगी ११ जनालाई कदरपत्र प्रदान गरिएको थियो । संस्कृतिविद् हरिराम जोशीले सो सम्मान प्रदान गर्नुभएको हो । सो अवसरमा संस्कृतिविद् जोशीले सङ्घको मुखपत्र खोपृङको विमोचन गर्नुभयो । सोही अवसरमा खोपृङका लेखकलाई कदरपत्र प्रदान गरिएको थियो । भक्तपुर मूलघरभई काठमाडौँलगायत स्थानमा बसोबास गर्नेको संस्थाका रूपमा लामो समयदेखि भक्तपुरको संस्कृति, सम्पदा संरक्षण र विकासमा योगदान दिँदैआएको छ ।