• १६ चैत २०८०, शुक्रबार

‘सुगर फ्री’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११ गते । अम्बिका थापा निर्मित सुन्दर म्युजिक भिडियो त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको सुमधुर स्वर समेटिएको ‘सुगर फ्री...’ गीतमा सङ्गीतकार राजेन्द्र बजगाईंको सङ्गीत तथा सङ्गीत संयोजन  छ । मनोज परियारको मिक्सिङ र मास्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । नवराज उप्रेतीको छायाङ्कन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो सङ्गीतकार राजेन्द्र बजगाईंले निर्देशन गरेका हुन् ।