• ८ भदौ २०८२, आइतबार

वडा अध्यक्ष सेन्दाङमाथि आक्रमण

blog

आठराई त्रिवेणी गाउँपालिका– २ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ ।

साहारा लिम्बू 
फुङलिङ, भदौ ८ गते ।
आठराई त्रिवेणी गाउँपालिका– २ फूलबारीका वडाध्यक्षमाथि आक्रमण भएको छ । शनिबार बेलुकी वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमणमा भएको हो ।

आक्रमणपछि घाइते हुनुभएका सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले सेन्दाङलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वडाध्यक्ष सेन्दाङको टाउकोसहित शरीरका विभिन्न भागमा चोट रहेको छ ।

घाइते सेन्दाङको ताप्लेजुङ जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । जिल्ला कमिटीको बैठक सकेर घरतर्फ फर्कँदै गर्दा सेन्दाङमाथि फुङ्लिङ बजारको तोक्मेडाँडा क्षेत्रमा ५/७ जनाको समूहले आक्रमण गरेको स्रोतको दाबी छ । प्रहरीले आक्रमणमा संलग्नहरूको खोजी कार्य जारी राखिएको बताएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको र आक्रमणमा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ । वडा अध्यक्ष सेन्दाङ नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।