• ६ भदौ २०८२, शुक्रबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, भदौ ५ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ०१ पैसा र बिक्रीदर १३९ रुपियाँ ६१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ८८ पैसा र बिक्रीदर १६२ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ४८ पैसा र बिक्रीदर १८८ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ११ पैसा र बिक्रीदर १७२ रुपियाँ ८५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलिया डलर एकको खरिददर ८९ रुपियाँ ४५ पैसा र बिक्रीदर ८९ रुपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ १८ पैसा र बिक्रीदर १०० रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ १३ पैसा र बिक्रीदर १०८ रुपियाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३७ पैसा र बिक्रीदर १९ रुपियाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १४ पैसा र बिक्रीदर ३८ रुपियाँ ३० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ८९ पैसा र बिक्रीदर ३३ रुपियाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९४ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४९ पैसा र बिक्रीदर १४ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६८ पैसा र बिक्रीदर २१ रुपियाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपियाँ ८२ पैसा र बिक्रीदर ४५६ रुपियाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७० रुपियाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३६१ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६२ रुपियाँ ६१ पैसा रहेको छ ।  

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस