गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ४ गते । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ ।
दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेकोमा त्यो सङ्ख्यामा आवेदन परेको हो ।
इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो ।