• ३ भदौ २०८२, मङ्गलबार

सभापति देउवाद्वारा शोक व्यक्त

blog

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ, भदौ ३  गते ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका  योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज ९३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै  कोइरालाको निधनबाट सिङ्गो पार्टी मर्माहत भएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको खोपासीमा जन्मिनुभएका विस २०१२ सालदेखि नेपाली काग्रेसमा आबद्ध हुनुहुन्थ्यो । रासस