• २ भदौ २०८२, सोमबार

बार्सिलोनाको सुखद सुरुवात

blog

गोल गरेपछि बार्सिलोनाका लामिन यामल । तस्बिर : रोयटर्स

काठमाडौँ, भदौ १ गते । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा २०२५/२६ मा सुखद सुरुवात गरेको छ ।

मालोर्काको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी भयो । बार्सिलोनालाई जिताउन राफिन्हाले सातौँ मिनेटमा गोलको खाता खोल्नुभयो ।

फेरान टोरेसले २३औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा लामिन यामललेले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो ।

१० खेलाडीमा समेटिएको मालोर्काको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले तीन अङ्क बनाएको छ । मालोर्काले हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी