• २ भदौ २०८२, सोमबार

दुर्घटनामा एकको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी ,साउन ३१ गते । उत्तरपूर्वी मोरङको नयाँ पर्यटकीय गन्तव्य मिक्लाजुङ–१, रमितेबाट फर्किँदै गरेको मोटरसाइकल टाँढीको अधिकारी चाेकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मधुमल्लाका अनुसार उत्तरबाट दक्षिण आउँदै गरेको मे. २ प. ९०९७ नम्बरको मोटरसाइकल दिउँसो ३ः५० बजेतिर मिक्लाजुङ–३ को अधिकारी चाेकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी उर्लाबारी–४ का आरप डाँगीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा डाँगीको टाउकोमा गम्भीर चोट लागेको थियो । सोही मोटरसाइकलमा सवार उर्लाबारी–४ का १५ वर्षीय अनुप थापा सामान्य घाइते हुनुभएको छ । थापाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार अधिकारी चाेकको घुम्तीमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट लगभग १५ मिटर तल झरेर पिठारीको रुखमा ठोक्किएर अड्किएको थियो ।