• २ भदौ २०८२, सोमबार

एक पुरुषको शव नहरमा फेला

blog

देवराम यादव

सप्तरी, साउन ३१ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–८, चाँदनी चोकस्थित चन्द्र नहरमा एक जनाको शव फेला परेको छ । जिल्लाको कञ्चनरूप नगरपालिका–७, बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको शव रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका अनुसार मृतकको शनिबार दिउँसो करिब २ बजेतिर स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफलेले आवश्यक प्रक्रिया पूरा गर्दै शवलाई नहरबाट बाहिर निकालेर घटनास्थलको मुचुल्का तयार गरी मृतकको शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टमका लागि पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।