• २ भदौ २०८२, सोमबार

साँफे–मार्तडी सडक पुनः सुचारु

blog

पुनः सुचारु भएको साँफे मार्तडी सडक । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, साउन ३१ गते । शुक्रबार राति अवरुद्ध भएको साँफे–मार्तडी सडक आज बिहान पुनः सुचारु भएको छ । अविरल वर्षाका कारण गत शुक्रबार बडिमालिका नगरपालिका–४, रिलामा खोलामा आएको बाढीका कारण साँफे–मार्तडी सडक खण्ड अन्तर्गत रिलास्थित सडक अवरुद्ध बनेको थियो । 

सडक अवरुद्ध हुँदा एक दिन यहाँका स्थानीलाई आउजाउमा समस्या भएको थियो ।  भने आज बिहान अवरुद्ध भएको सो सडकलाई सडक डिभिजनले डोजर लगाएकार सफा गरेसँगै पुनः अहिले सुचारु भएको हो ।

शुक्रबार राति परेको पानीका कारण रिलामा सडक अवरुद्ध भएको थियो । आज बिहान त्यो सडकलाई डोजरले सफा गरेपछि अहिले यातायातका सवारी साधन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर  चौधरीले बताउनुभयो ।

बर्खाको समय यहाँको साँफे मार्तडी सडक खण्डमा ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले अवरुद्ध हुनेगथ्र्यो । यतिबेला शुक्रबार रिलामा गएको पहिरोले सडक केही समय अवरुद्ध बनेको थियो । 

आज बिहान त्यहाँ डोजर लगाएर पहिरो सफा गरेपछि सो सडक पुन सुचारु भएको सडक डिभिजन कार्यालय अछामका सुपरभाइजर गोकुल गिरीले बताउनुभयो ।