काठमाडौँ, साउन ३१ गते । नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
डार्विनको मरारा क्रिकेट मैदानमा बङ्गलादेशले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपाल सिरिजको पहिलो खेलमा शुक्रबार स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो ।
नर्दन टेरिटोरीविरुद्ध जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटिएको थियो ।